दिव्योपदेश |Prithvi Narayan Shah|
१. पुरब पछिमको रस्ता बन्ध गरी नेपालको रस्ता चलाई दिउँला। २. देसका महाजनलाई गोडप्रसाहदेषी उभो आउन नदिनु देसका महाजनहरु हाम्रा मुलुकमा आया भन्या दुनियाँ कंगाल गरि छाड्दछन्। ३. देसका कपरा लगाउनालाई मन्हाई गरिदिनु, आफ्ना देसका कपरा बन्न जान्न्यालाई नमना देषाई सधाउनु र बन्न लाउनु र यस्व भया नगत देस जाँदैन। ४. आफ्ना देसको जिनीस् जरिबुटि देस लैजानु र नगत खैचनु, नगत खैचिराखनु र प्रजा मोटा भया दर्बार बलियो रहन्छ। ५. राजाका भंडार भन्याका रैतानहरु हुन्। ६. खानी भयाका ठाउँमा गाउँ भया पनि गाउँ अरु जग्गा सारिकन पनि खानी चलाउनु। ७. गह्रो बन्न्या जग्गामा घर भया पनि गाउँ अरु जग्गामा सारि कुलो काटि खेत बनाई आवाद गर्नु।