Posts

दिव्योपदेश |Prithvi Narayan Shah|

Image
१. पुरब पछिमको‌ रस्ता‌ बन्ध गरी‌ नेपालको‌‌ रस्ता‌ चलाई दिउँला। २. देसका महाजनलाई गोडप्रसाहदेषी उभो आउन नदिनु देसका महाजनहरु हाम्रा मुलुकमा‌ आया भन्या दुनियाँ कंगाल गरि छाड्दछन्। ३. देसका कपरा‌ लगाउनालाई मन्हाई गरिदिनु, आफ्ना देसका कपरा बन्न जान्न्यालाई नमना देषाई सधाउनु र बन्न लाउनु र यस्व भया नगत देस जाँदैन। ४. आफ्ना देसको जिनीस् जरिबुटि देस लैजानु र नगत खैचनु, नगत खैचिराखनु र प्रजा मोटा भया दर्बार बलियो रहन्छ। ५. राजाका भंडार भन्याका रैतानहरु हुन्।  ६. खानी भयाका ठाउँमा गाउँ भया पनि गाउँ अरु जग्गा सारिकन पनि खानी चलाउनु। ७. गह्रो बन्न्या जग्गामा घर भया पनि गाउँ अरु जग्गामा सारि कुलो काटि खेत बनाई आवाद गर्नु।

सीमा संकट: स्वाभिमानको लडाइँ |BORDER DISPUTE|

Image
      "जबसम्म चन्द्र सुर्य आकाशमा रहन्छन् "            • • • कोरोनाको कहरले समस्त मानवजातिको अस्तित्वलाई नै चुनौती दिरहेको बेला नेपालजस्तो विकाशोन्मुख देश यसबाट अछुतो रहने कुरा सम्भव भएन। तर आश्चर्यजनक कुरा के भने बितेको हप्ता-दश दिनको अन्तरालमा नेपाली जनजीवनको कष्टको केन्द्रविन्दु बनेर विगतका ३ महिनादेखि त्राशको ताण्डव देखाइरहेको कोरोनाको विषयलाई एकाएक विस्थापित गर्दै सिमा विवादका रुपमा अर्को विषयको प्रवेश भयो। भारतीय रक्षामन्त्री राजनाथ सिंहले दिल्लीमा बसेर मानसरोवर जोड्ने बाटोको उद्घाटन गरेको समाचारले काठमाडौंको सडकदेखि सदनसम्म भुकम्प ल्यायो। कोरोनाको संक्रमणबाट बच्ने एकमात्र अचुक उपाय 'सेल्फ-क्वारेन्टाइन' मा बस्नु हो भनेर बिज्ञहरुले सुझाइरहँदा त्यसको पर्वाह नगरी काठमाडौंका सडकहरुमा उत्रिए युवा, किन? कोरोना विरुद्धको लडाइँमा सरकारको लापरबाहीप्रति आरोप-प्रत्यारोप गरिरहेको प्रतिपक्षले यो विषयमा आफ्नो प्रधानमन्त्रीसँग उभिएको बयान दियो, किन? चार दिशातिर फर्केका राजनीतिक दल एक ठाँउमा उभिएर एकै स्वरमा बोले, किन? सडकमा भट्किरहेका नेपाल...

ग्रेटर नेपाल |GREATER NEPAL|

Image
            पश्चिम किल्ला काँगडा पुर्वमा टिस्टा  पुगेथ्यौँ कुन शक्तिको सामुमा कहिले हामी  झुकेथ्यौँ                 भूगोलसँग मनुष्यको अन्तरक्रिया नै इतिहासको रचईता  हो। पुस्तौं- पुस्ताले गर्व गर्न लायकको इतिहास  बोकेको नेपाली भुमि प्राचीनकालमा एक दुर्गम पहाडी मुलुक थियो जहाँ  गोपाल, महिषपाल, किराँत, लिच्छवि, मल्ल, शाक्य, शाह आदि बंशका शाशकहरु आएर यसलाई आफ्नो कर्मभुमी बनाउनुका साथै यहाँको मौलिक संस्कृति र सभ्यताको विकास गर्न उल्लेख्य योगदान पुर्याए। कथनका आधारमा सदियौं लामो इतिहासको अनुमान लगाइए पनि नेपालको लिखित इतिहास भने करिब दुई हजार वर्ष पुरानो रहेको बताइन्छ। प्राचीन नेपालको स्वरूप वर्तमान जस्तो एकीकृत नभएर स-साना विभाजित राज्यहरूका रुपमा थियो। केवल कान्तिपुर-भक्तपुर - ललितपुरलाई नेपाल भनेर चिनिन्थ्यो। 'सिन्धुमा हराएको बिन्दु' जस्तै गुमनाम मुलुक समयको अन्तरालमा कसरी 'विशाल नेपाल'मा परिणत भयो? वीरहरुको आलो रगतले अर्ज्याएको विशाल नेपालका सिमानाहरु कसरी खुम्चिन पुगे? इशाप...

आजको आवश्यकता |CORONA CRISIS|

Image
         "आगामी  दिनहरुमा सबैले 'कोर्स-करेक्सन' गरेर अगाडि बढेको खण्डमा मात्रै हामीले कोरोना सँगसँगै यो भ्रष्टाचारको भाइरसलाई  पनि परास्त गर्न सक्नेछौँ।"       भ निन्छ, "मानिसको इमानको पहिचान, संकटमा उसले देखाएको संयमले निर्धारण  गर्दछ।" यसकारण  संकटकालिन अवस्था अवस्य पनि एक महत्वपूर्ण परिक्षा हो, जुन परिक्षाबाट तपाईं-हामी सबै गुज्रिरहेका छौँ । विश्व समुदायलाई आक्रान्त पार्ने गरि आएको कोरोना भाइरसरूपी विपद्ले मानवजातिको अस्तित्वलाई नै चुनौती  दिएको छ। धेरै हैन, मात्र ३ महिनाको फ्ल्यास-ब्याक मा गएर हेरौं, के थियो परिवेश ? सारा विश्व र विश्व-बासी लम्किँदै थियौँ, प्रगतिको द्रुतमार्गमा, अति-द्रुतगतिले। न दाँया, न त बायाँ केवल अगाडि । आफ्नो सीप र दक्षताले भ्याए अनुसार हरकोही आज भन्दा भोलि र भोलि भन्दा पर्सि गर्दै शिक्षा-दीक्षा, धन-सम्पत्ति, जग्गा-जमिन, शक्ति- समर्थन बढाउनमा एकाग्रताका साथ लागिपरेका थियौं।  यसैबीच, एक माथि अर्को प्रगतिको तला थप्दै मानवजातिले निर्माण गरेको "विकासको बुर्ज-खलिफा"को जग हल्लाउने गरि प्रक...