Posts

Showing posts from May, 2020

सीमा संकट: स्वाभिमानको लडाइँ |BORDER DISPUTE|

Image
      "जबसम्म चन्द्र सुर्य आकाशमा रहन्छन् "            • • • कोरोनाको कहरले समस्त मानवजातिको अस्तित्वलाई नै चुनौती दिरहेको बेला नेपालजस्तो विकाशोन्मुख देश यसबाट अछुतो रहने कुरा सम्भव भएन। तर आश्चर्यजनक कुरा के भने बितेको हप्ता-दश दिनको अन्तरालमा नेपाली जनजीवनको कष्टको केन्द्रविन्दु बनेर विगतका ३ महिनादेखि त्राशको ताण्डव देखाइरहेको कोरोनाको विषयलाई एकाएक विस्थापित गर्दै सिमा विवादका रुपमा अर्को विषयको प्रवेश भयो। भारतीय रक्षामन्त्री राजनाथ सिंहले दिल्लीमा बसेर मानसरोवर जोड्ने बाटोको उद्घाटन गरेको समाचारले काठमाडौंको सडकदेखि सदनसम्म भुकम्प ल्यायो। कोरोनाको संक्रमणबाट बच्ने एकमात्र अचुक उपाय 'सेल्फ-क्वारेन्टाइन' मा बस्नु हो भनेर बिज्ञहरुले सुझाइरहँदा त्यसको पर्वाह नगरी काठमाडौंका सडकहरुमा उत्रिए युवा, किन? कोरोना विरुद्धको लडाइँमा सरकारको लापरबाहीप्रति आरोप-प्रत्यारोप गरिरहेको प्रतिपक्षले यो विषयमा आफ्नो प्रधानमन्त्रीसँग उभिएको बयान दियो, किन? चार दिशातिर फर्केका राजनीतिक दल एक ठाँउमा उभिएर एकै स्वरमा बोले, किन? सडकमा भट्किरहेका नेपाल...

ग्रेटर नेपाल |GREATER NEPAL|

Image
            पश्चिम किल्ला काँगडा पुर्वमा टिस्टा  पुगेथ्यौँ कुन शक्तिको सामुमा कहिले हामी  झुकेथ्यौँ                 भूगोलसँग मनुष्यको अन्तरक्रिया नै इतिहासको रचईता  हो। पुस्तौं- पुस्ताले गर्व गर्न लायकको इतिहास  बोकेको नेपाली भुमि प्राचीनकालमा एक दुर्गम पहाडी मुलुक थियो जहाँ  गोपाल, महिषपाल, किराँत, लिच्छवि, मल्ल, शाक्य, शाह आदि बंशका शाशकहरु आएर यसलाई आफ्नो कर्मभुमी बनाउनुका साथै यहाँको मौलिक संस्कृति र सभ्यताको विकास गर्न उल्लेख्य योगदान पुर्याए। कथनका आधारमा सदियौं लामो इतिहासको अनुमान लगाइए पनि नेपालको लिखित इतिहास भने करिब दुई हजार वर्ष पुरानो रहेको बताइन्छ। प्राचीन नेपालको स्वरूप वर्तमान जस्तो एकीकृत नभएर स-साना विभाजित राज्यहरूका रुपमा थियो। केवल कान्तिपुर-भक्तपुर - ललितपुरलाई नेपाल भनेर चिनिन्थ्यो। 'सिन्धुमा हराएको बिन्दु' जस्तै गुमनाम मुलुक समयको अन्तरालमा कसरी 'विशाल नेपाल'मा परिणत भयो? वीरहरुको आलो रगतले अर्ज्याएको विशाल नेपालका सिमानाहरु कसरी खुम्चिन पुगे? इशाप...