Posts

Showing posts from April, 2020

आजको आवश्यकता |CORONA CRISIS|

Image
         "आगामी  दिनहरुमा सबैले 'कोर्स-करेक्सन' गरेर अगाडि बढेको खण्डमा मात्रै हामीले कोरोना सँगसँगै यो भ्रष्टाचारको भाइरसलाई  पनि परास्त गर्न सक्नेछौँ।"       भ निन्छ, "मानिसको इमानको पहिचान, संकटमा उसले देखाएको संयमले निर्धारण  गर्दछ।" यसकारण  संकटकालिन अवस्था अवस्य पनि एक महत्वपूर्ण परिक्षा हो, जुन परिक्षाबाट तपाईं-हामी सबै गुज्रिरहेका छौँ । विश्व समुदायलाई आक्रान्त पार्ने गरि आएको कोरोना भाइरसरूपी विपद्ले मानवजातिको अस्तित्वलाई नै चुनौती  दिएको छ। धेरै हैन, मात्र ३ महिनाको फ्ल्यास-ब्याक मा गएर हेरौं, के थियो परिवेश ? सारा विश्व र विश्व-बासी लम्किँदै थियौँ, प्रगतिको द्रुतमार्गमा, अति-द्रुतगतिले। न दाँया, न त बायाँ केवल अगाडि । आफ्नो सीप र दक्षताले भ्याए अनुसार हरकोही आज भन्दा भोलि र भोलि भन्दा पर्सि गर्दै शिक्षा-दीक्षा, धन-सम्पत्ति, जग्गा-जमिन, शक्ति- समर्थन बढाउनमा एकाग्रताका साथ लागिपरेका थियौं।  यसैबीच, एक माथि अर्को प्रगतिको तला थप्दै मानवजातिले निर्माण गरेको "विकासको बुर्ज-खलिफा"को जग हल्लाउने गरि प्रक...